site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । आइतबार न्यायाधीश माधव अधिकारीको इजलासमा उनको बयान सुरु भएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा लामिछानेको बयान थालिएको हो । बयानपछि उनको थुनछेक बहस पनि अधिकारीकै इजलासमा हुनेछ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतको आदेशपछि गत बिहीबार धरौटीमा रिहा भएका थिए । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिजकुमार राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएसँगै न्यायाधीश अधिकारीको इजलासमा लामिछानको बयान सुरु भएको रास्वपा केन्द्रीय कार्यालयका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । 

स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा कानूनविपरीत पाँच करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मीका अतिरिक्त बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro