site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछाने काठमाडौं अदालतमा आइतबार मात्र हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार (आज) काठमाडौं जिल्ला अदालतमा हाजिर नहुने भएका छन् । लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार (हिजो) धरौटीमा छाड्ने आदेश गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने बिहीबार नै थुनामुक्त भइसकेका छन् ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा भएका कारण शुक्रबार हाजिर हुने तयारी थियो । तर, उनी आइतबार मात्र काठमाडौं अदालतमा हाजिर हुने लामिछानेका एक सहयोगीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro