site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘महिन्द्रा उत्सव, छड्के सलाम’ योजनाका लाख रुपैयाँ विजेता सार्वजनिक

काठमाडौं । अग्नि इन्कर्पोरेटेडले ‘महिन्द्रा उत्सवः महिन्द्राको छड्के सलाम, जित्नुहोस् लाखौँको इनाम’ योजनाको विजेता घोषणा गरेको छ ।

कम्पनीले बिहीबार काठमाडौंको गैह्रीधारा सेल्स टावरस्थित अग्नि ग्रुप महिन्द्रा सोरुममा एक कार्यक्रमको आयोजना गर्दै विजेता घोषणा गरेको हो ।

अग्नि इन्कर्पोरेटेड महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक बिक्रेता हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

महिन्द्राले गत असोजमा हरेक वर्ष जस्तै विश्वकर्मा पूजा, दशैँ, तिहार र छठ पूजालाई लक्षित गरी ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको थियो ।

यो योजना चाडपर्व अवधिभर २०८१ असोज १ गतेदेखि पुस १६ सम्म अभियान जारी भएको थियो ।

योजनाअन्तर्गत महिन्द्रा ट्याक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्डका अलवा बम्पर इनामअन्तर्गत घोषणामा एक लाख, दुई लाख, र चार लाख नगद जित्ने थप तीन मौकाहरू पाउने व्यवस्था रहेको थियो ।

विजेताहरू ‘लक्की ड्र’ममार्फत छनोट गरी घोषणा गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, कराँते खेलाडी महमद सेखु आलम, भलिबल खेलाडी निरुता ठगुन्ना, सुटिङ खेलाडी तथा ओलम्पियन सुस्मिता नेपाल, र एपीएफका एथ्लेटिक्स खेलाडी गोपीचन्द्र पार्कीको उपस्थिति थियो ।

 ‘लक्की ड्र’मार्फत पार्कीले एक लाख, नेपालले दुई लाख र आलमले चार लाख पाउने विजेता छानेका थिए ।

चितवनका डोलबहादुर श्रेष्ठले एक लाख, स्याङ्जाको चापकोटका इश्वर मल्लले दुई लाख र रुकुमको चौरजहारी नगरपालिकाकाको डीपीडीएस निर्माण सेवाले चार लाख विजेता बनेका हुन् ।

विजेताहरूलाई अभिनेत्री स्वस्तिमा खड्काले दुई हप्ताभित्र नगद हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro