site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीजीबाट माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

काठमाडौं । सीजी डिजिटलले आफ्ना ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निःशुल्क कुकिङ कक्षा प्रदान गरिरहेको बताएको छ ।

सीजी डिजिटलका स्टोरहरूमा एलसी, सीजी, गोदरेज, माइडिया र ब्ल्याक प्लस डिकरका माइक्रोवेव ओभन किन्दा कुकिङसम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सकिने बताएको छ ।

यो कक्षा व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि सुरु गरिएको कम्पनीले जनाएको छ ।

यससँगै अझ धेरै व्यक्तिहरूलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

सीजी डिजिटलको अनुभवी, प्रशिक्षित, कुशल सेफ बाट कक्षा सञ्चालन भइरहेको बताएको छ ।

हाल इटहरी, विराटनगर, दमक, बिर्तामोड, झापा, काकडभित्ता, चन्द्रगडी, धरान, उर्लाबारी र लहानमा सीजी डिजिटललगायत एलजीको डिलरहरूमा यो कुकिङ्ग कक्षा यसै पुस २५ गते  देखि माघ ११ सम्म चलिरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्