अर्थ व्यवसाय
काठमाडौं । एनएमबि बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको हो बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको हो ।
बैंकको २०८१ असार मसान्तसम्ममा खुद नाफा दुई अर्ब २४ करोड, निक्षेप दुई खर्ब २७ अर्ब १० करोड र कर्जा दुई खर्ब चार अर्ब ६१ करोड रुपैयाँ छ ।
बैंकले हाल देशभरी २०१ शखा कार्यालय, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १८:१०
प्रतिक्रिया दिनुहोस्