site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच संक्रमित फेला

बेइजिङ । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँचवटा घटना रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ ।

एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ तर, नजिकको शारीरिक सम्पर्कबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो, मांसपेसी दुख्ने र छालामा ठूला फोका जस्ता घाउ निम्त्याउँछ र यो घातक हुनसक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी)मा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो । कंगोमा यसले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ ।

डब्लूएचओको अगस्टको घोषणाको दुई दिनपछि चीनले आगामी ६ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपोक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले बिहीबार एमपक्स स्ट्रेन क्लेड १बी को समूहगत प्रकोप फेला परेको बताए । यसको संक्रमणको स्रोत डीआरसीमा बसोबास गरेको रेकर्ड भएको व्यक्ति भएको विश्वास गरिएको छ ।

बिरामीसँग नजिकको सम्पर्क भएका चार व्यक्ति यस स्ट्रेनबाट संक्रमित भएको पाइएको र उनीहरूमा डाबर र फोकाको अपेक्षाकृत हल्का लक्षणहरू देखिएको चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले विज्ञप्तिमा बताएको छ ।

“संक्रमित र जोखिममा रहेका व्यक्तिहरूले चिकित्सा उपचार र स्वास्थ्य निगरानी प्राप्त गरिरहेका छन् र प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म अन्य सम्पर्कहरूमा कुनै केस फेला नपरेको स्वास्थ्य निकायले जनाएको छ ।

डब्लूएचओका अनुसार सन् २०२२ देखि १२० भन्दा बढी देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन् । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro