site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हराएका २७३ सवारीसाधन हस्तान्तरण
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका ३३ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ मोटरसाइकल र आठ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे । हराएका ती सवारीसाधन काठमाडौंको गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाँटार, धर्मस्थली, नयाँबसपार्क, बौद्धलगायत स्थानबाट ट्राफिक प्रहरीले फेला पारेको हो ।

ट्राफिक प्रहरीले चालु आवको हालसम्ममा काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका २७३ सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २८ दुई पाङ्ग्रे सवारीसाधनसहित सो कार्यमा संलग्न ४० जनालाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९/८० मा ४९९ र आव २०८०/८१ मा ४१७ दुई पाङ्ग्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न तथा सर्वसाधारणको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरे । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३, नेपाल प्रहरीको हटलाइन १०० मा फोन गर्न र नजिकको प्रहरी चौकीमा निवेदन दिन सकिने छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro