site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि

काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने जानकारी दिए ।

पुरुषमा पाँच र महिलामा दुई गरी सात स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौल समूहमा खेल हुनेछ । महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौल समूहमा भिडन्त हुनेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हरेक तौल समूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए ।

कुल पुरस्कार राशि तीन लाख ५० हजार रुपैयाँ छ । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशि ५० हजार रुपैयाँ छ । स्वर्ण, रजत र कांस्य पदक विजेतालाई के कति दिने रकम दिने भन्ने प्रतियोगिताअघि टुंगो लगाउने आयोजकले जनाएको छ । दक्षिण एसियाली स्ट्रिट डिफेन्स नेपालमै पहिलोपटक हुन लागेको हो ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गर्न अनुमानित २२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।

प्रतियोगितालाई लक्षित गरी नवौँ टेडवाङ जितकुण्डो सेमिनार बिहीबारदेखि बत्तिसपुतलीमा सुरु भएको छ । दुईदिने सेमिनारको पहिलो दिन खेलाडी र प्रशिक्षक सहभागी छन् । दोस्रो दिन शुक्रबार रेफ्री सेमिनार हुनेछ । दुवै कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंका र अफ्गानिस्तानको सहभागिता रहनेछ ।

मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले सेमिनार सञ्चालन गर्नेछन् । उनीहरूलाई मुख्य प्रशिक्षक थापाले सहयोग गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro