site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षामन्त्रीसँग स्वास्थ्यमन्त्रीको प्रस्ताव : पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय राखौँ 
तस्बिर : स्वास्थ्य मन्त्रालय ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग आग्रह गरेका छन् । मन्त्रीद्वयबीच बुधबार स्वास्थ्य मन्त्रालयमा यस विषयमा छलफल भएको हो । 

छलफलमा मन्त्री पौडेलले विद्यालय तहमा रहेका स्वास्थ्यसम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव गरे । उनले नसर्ने रोग बढ्दै गएकाले यसलाई रोकथाम गर्न विद्यालय तहबाटै सचेतनामूलक सामग्री प्रभावकारी बनाउनुपर्ने बताए । पाठ्यक्रम विकास केन्द्रसँग सहकार्य गरेर यससम्बन्धी स्तरीय सामग्री तयार पार्न मन्त्रालय तयार रहेको उनले उल्लेख गरे ।

मन्त्री पौडेलले पाठ्यक्रममा स्वस्थ खानपिन तथा मादक पदार्थविरुद्धका सचेतनाका विषय समावेश गर्न पनि सघाउने प्रतिबद्धता जनाए । विद्यालय शिक्षामा स्वास्थ्य विषय अध्ययन गरेकाको सम्बन्ध उच्च शिक्षामा पनि जोड्न आवश्यक रहेको भन्दै मन्त्री पौडेलले नर्सिङ, पब्लिक हेल्थ वा कुन विषयसँग जोड्न सकिन्छ, त्यसका लागि आवश्यक छलफल गर्न प्रस्ताव गरे ।

दुवै मन्त्रालयको संयुक्त समूह बनाएर यस विषयलाई सम्बोधन गर्न मन्त्री पौडेलले गरेको प्रस्तावमा मन्त्री भट्टराईले सकारात्मक प्रतिक्रिया जनाइन् । उनले दुवै मन्त्रालयबीच सहकार्यको प्रस्ताव सराहनीय रहेको भन्दै थप गृहकार्य गर्ने प्रस्ताव गरिन् ।

यसैबीच, स्वास्थ्यमन्त्री पौडेलले यस विषयमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा संयुक्त विज्ञ समिति गठन गर्ने समझदारी भएको बताएका छन् । 

एउटा सकारात्मक सहकार्यको सुरुवात भएको उल्लेख गर्दै बुधबार साँझ उनले सामाजिक सञ्जालमा छन्, ‘‘विद्यालय शिक्षामा स्वास्थ्य विषय अध्ययन गरेकालाई उच्च शिक्षाका नर्सिङ, पब्लिक हेल्थ जस्ता विषयसँग जोड्नेगरी आवश्यक कार्य गर्न पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा संयुक्त विज्ञ समिति गठन गर्ने समझदारीका लागि माननीय मन्त्रीज्यूप्रति आभारी छु ।’’

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २१:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro