काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावललाई उपप्रधान र परराष्ट्रमन्त्री नपाएको झोँकमात्रै भनेका छन् ।
भीम रावलले ०७४ मा आफूसँग उप तथा परराष्ट्रमन्त्री मागेको बताउँदै नदिएपछि देखाइदिने चेतावनी दिएको केन्द्रीय समितिको बैठकमा बताएका थिए ।
“भीम रावलले पहिले नै पार्टी छाडेजस्तै हो,” ओलीको भनाई उद्धृत गर्दै एक सदस्यले भने, “आफूलाई केन्द्रित गरेरमात्रै बोल्ने उनको बानी थियो । सधैँ धम्क्याएर नभए देखाइदिन्छु भन्नुुहुन्थ्यो । ०७४ मा उहाँले उप र पराष्ट्र मन्त्री माग्नुभएको थियो, मैले नदिएपछि अनि देखाइदिन्छु भन्नुभएको हो । देखाउँदै हुनुहोला ।”
ओलीले विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पनि पार्टीबाट निकाल्ने संकेत गरेका थिए ।
“उहाँहरुले पनि निर्णयपछि पनि गल्ती गर्दैनौँ भन्नुभएन । जे गर्यौँ ठिक गर्यौँ भनेजस्तो गर्नुभयो । जसले जे पनि गर्न मिल्दैन, पार्टीमा अनुशासन चाहिन्छ,” ओलीको भनाई थियो ।