site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा जलपन्छी गणना सुरु

काठमाडौं । चितवनमा जलमा आश्रित चराको गणना सुरु भएको छ । प्रत्येक वर्षको जनवरी ४ देखि सुरु हुने चरा गणना यसपटक भने जनवरी ६ देखि सुरु भएको हो । 

यो समयमा बाहिरबाट जलपन्छीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् । जलपन्छी गणना चितवनको पटिहानी २२ घडगाईदेखि गोलाघाटसम्म र माडीको बगई पुलदेखि रिउ दोभानसम्म ३६ किलोमिटर क्षेत्रमा गरिने पश्चिम चितवन क्षेत्र चरा गणनाका संयोजक मनेशकुमार लिम्बूले बताए । 

त्यस्तै, जलाश्रित चरा गणना चितवनको नारायणी नदी, राप्ती नदी र सिमसार क्षेत्रमा गर्ने गरिएको उनले जानकारी दिए । राप्ती नारायणी नदीको दिव्यनगर र माडी क्षेत्रमा चरा गणनाका लागि ५३ जना गणक खटिएको लिम्बूले बताए । 

पानीचरा उत्तरी क्षेत्र साइबेरिया, रसिया, तिब्बत, मंगोलियालगायत देशबाट आउने गरेका छन् । गत वर्षको गणनामा ४७ प्रजातिका पानीचरा भेटिएका थिए । चरा गणना जनवरी १९ सम्म चल्ने बताइएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro