काठमाडौं । इन्डोनेसियाको सालक कृषि वन प्रणालीले संयुक्त राष्ट्र संघ अन्तर्गतको ‘विश्वव्यापी रूपमा महत्त्वपूर्ण कृषि सम्पदा प्रणाली (जीआईएएचएस)’को मान्यता पाएको छ । राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)ले २८ देशका ८९ कृषि वन प्रणालीलाई जीआईएएचएसको मान्यता दिएको हो ।
विश्वव्यापीरूपमा महत्त्वपूर्ण कृषि सम्पदा प्रणाली पाउने सालक कृषि वन प्रणाली इन्डोनेसियाकै पहिलो हो ।
यस उपलब्धिका लागि इन्डोनेसियाका लागि एफएओका प्रतिनिधि राजेन्द्र अर्यालले पनि योगदान गरेको बताएका छन् । नेपालका अर्याल इन्डोनेसिया र टिमोर लेस्टेका लागि एफएओका प्रतिनिधि एवं निर्देशक र आसियानका लागि सम्पर्क अधिकारी पनि हुन् ।
उनले विश्वव्यापीरूपमा महत्त्वपूर्ण कृषि सम्पदा प्रणालीको मान्यता पाउनु ठूलो उपलब्धि भएको बताएका छन् । मानिसहरूले करिब १० हजार वर्षयता कृषि गर्दै आएको बताउँदै उनले यो मानवताको संस्कृति भएको बताए ।
इन्डोनेसियाको टीभी च्यानल टीभीआरआई वर्ल्डसँगको अन्तर्वातामा उनले युनेस्ककोको विश्व सम्पदा सूचीझैँ एफएओले सन् २००२ देखि कृषि सम्पदा प्रणालीको उपाधि दिँदै आएको बताए ।
खेतीमात्रै नभएर सांस्कृतिक सम्मिश्रण, जलस्रोत व्यवस्थापन, दिगो जीवनयानदेखि कृषिजन्य उत्पादनको संयोजनसहितको अवस्थामा कृषि प्रणाीलाई एफएओले यस्तो मान्यता दिने उनले बताएका छन् ।
यस्तो छ अन्तर्वार्ता