site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बलिदान’को छायांकनका लागि तयार पारिएको ४० फिट अग्लो मूर्ति (तस्बिरहरू)

काठमाडौं । चलचित्र ‘बलिदान’को छायांकनका लागि तयार गरिएको कालीदेवीको मूर्ति सार्वजनिक भएको छ । निर्माणपक्षबाट उक्त मूर्तिका केही तस्बिर सार्वजनिक भएका हुन् । 

मोरङको हसिना सिमसार क्षेत्रमा छायांकनका लागि करिब ४० फिट अग्लो कालीदेवीको मूर्ति निर्माण गरिएको सन्तोष सेनले बाह्रखरीलाई जानकारी दिए । 

चलचित्र ‘बलिदान’को छायांकन तीनवटा सेट बनाएर भइरहेको छ । मोरङ र सुनसरीका तीन ठाउँमा तीनवटा सेट बनाएर निर्माणपक्षले छायांकन गरिरहेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

472169838_882396237124076_6959488523263393905_n-1736054060.jpg
 इटहरीको बीएमसी स्टुडियो, मोरङको कानेपोखरी र हसिना सिमसारमा स्टुडियो बनाएर छायांकन गरिरहेको निर्देशक सन्तोष जानकारी दिए । बस्ती नै निर्माण गरेर छायांकन भइरहेको उनको भनाइ छ । 

तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । “तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च लागेको छ,” सन्तोषले भने । 

क्लाइमेक्स सिनका लागि जंगलको बीचमा भब्य सेट लगाएर छायांकन भइरहेको छ । 

472217744_1251077906194612_1852038110839967758_n-1736054077.jpg
‘बलिदान’को छायांकन अन्तिम चरणमा पुगेको छ । सन्तोष सेनको निर्देशन रहेको ‘बलिदान’ चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् । समीर र सौगातसँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय रहनेछ ।  

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी छन् । 

472184137_1586939521945623_535365076765671887_n-1736054105.jpg

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro