site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली मेलो लोक–पपसँगै लन्डनमा गुन्जियो कन्दरा

रामनाथ घिमिरे


बेलायत । ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्यान्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ ।

शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा व्यान्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविस्मरणीय भनेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ संगीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।  

गायक श्रेष्ठले तगारोमा रुमाल राखी, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, हङकङ पोखरा, तिमी हाँसे हासिदिउँला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, सांग्रिलाको लेक भरी फुलैफूलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भकोलगायत गीत सुनाए । उनका हरेक गीतमा दर्शकले ‘वान्स मोर’ भनेका थिए ।

ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार आठ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गरेका थिए ।  

कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भने, “विश्व संगीतका लिजेन्डहरुको प्रस्तुति रहिसकेको यो ठाउँमा प्रस्तुति दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ ।” 

कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहनुभएका सुनिल थापा व्यान्ड स्थापना कालदेखिका सदस्य थिए । 

कन्दराले आफ्नो ३२ वर्षे सांगीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ ।

यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुति दिने व्यान्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजील्यान्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो सांगीतिक प्रस्तुति दिने जनाएको छ ।

नेपाली मेलो लोक–पपसँग ३२ वर्षे उमेर पूरा गरेको यस व्यान्डले नेपाली युवामाझ पप र आधुनिक संगीतको फ्युजन प्रस्तुत गर्दै सांगीतिक विरासतलाई निरन्तरता दिने जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro