विदेश
टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ ।
चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङहोममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए ।
उनको जन्म आशियानजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।
स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा सन् २०२४ अगस्टमा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिइएको थियो । रासस/एएफपी
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१ १६:५८
प्रतिक्रिया दिनुहोस्