site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीय ढाँचाअनुसार वित्त व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक संघीय ढाँचामा गए पनि प्रभावकारी वित्त व्यवस्थापन अझै हुन नसकेको बताएका छन् ।

सोमबार सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति उच्चस्तरीय परामर्श गोष्ठीमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले मुलुक संघीयतामा गए पनि अझै कतिपय व्यवस्थाहरू एकात्मक प्रणालीकै रहेको उल्लेख गरे । उनले संघीयतामा मुलुक रहे पनि वित्तीय व्यवस्थापनका स्रोत परिवर्तन हुन नसकेको दाबी गरे ।

अर्थमन्त्री पौडेलले राजस्व संकलन, आन्तरिक ऋण, अन्तर्राष्ट्रिय सहयोग र अनुदानका स्रोतहरूबाट मात्रै स्रोत व्यवस्थापन भइरहेको उल्लेख गरे । अहिले यी वित्तीय स्रोतबाट मात्रै वित्त परिचालन गरेर राष्ट्रको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नसक्ने अवस्था नभएको उनको भनाइ थियो ।

सरकारले लिएका नीतिहरु पछिल्लो समय वितरणकारी भएको बताए । संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेकाले समाजवादमा पुग्ने हतारोले वितरणकारी नीतिहरू लिएको देखिएको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro