site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा संदिग्ध माओवादीको आक्रमणमा नौ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढस्थित बिजापुरको कुटरू बेन्द्रे सडकमा संदिग्ध माओवादीको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ । माओवादी प्रभावित क्षेत्रमा यो आक्रमण आईईडी विस्फोटबाट गरिएको प्रहरीले जनाएको छ ।

दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरको स्पेसल टास्क फोर्स र सीआरपीएफ जवानको टोली माओवादी ‘अपरेसन’बाट फर्कंदै गर्दा उक्त आक्रमण भएको बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले बताए ।

प्रहरीका अनुसार, सोमबार दिउँसो सुरक्षाकर्मीको टोली अम्बेली गाउँनजिकैबाट जाँदै थियो । त्यही बेला सुरक्षाकर्मीको एउटा गाडीमा बम विस्फोट भएको थियो ।

विस्फोट यति शक्तिशाली थियो कि डिस्ट्रिक रिजर्भ गार्डका आठ जवान र एक सवारीचालक घटनास्थलमा मारिए । केही सैनिक गम्भीर घाइते भएका जनाइएको छ । बीबीसी हिन्दीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro