site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी विदेशमन्त्री दक्षिण कोरियामा, उत्तरले गर्‍यो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण
तस्बिर : रोयटर्स ।

सियोल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि ब्लिन्केनले प्योङयाङले अत्याधुनिक अन्तरिक्ष प्रविधिका निम्ति रुससँग अझ नजिकबाट काम गरिरहेको बताएका छन् ।

दक्षिण कोरियामा ‘मार्सल ल’ लागु गर्ने असफल प्रयासका निम्ति महाभियोग लगाइएपछि आफ्नो निवासमा थुनिएका कन्जरभेटिभ राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्ने प्रयास गरिरहेका बेला ब्लिन्केनको भ्रमण भएको हो । 

दक्षिण कोरियालाई जापानसँग सहयोग बढाउने युनको नीतिलाई कायम राख्न प्रोत्साहित गर्ने योजना बनाएका ब्लिन्केन सियोलमा वार्तामा रहेकै समय उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र त्यो समुद्रमा खसेको थियो ।

सोमबार प्रहार गरिएको क्षेप्यास्त्र करिब एक हजार १०० किलोमिटर (६८० माइल)सम्म उडेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

ब्लिन्केनले उत्तर कोरियाबारे त्रिपक्षीय अभ्यास र गुप्तचर आदानप्रदानमा वृद्धि भएको तर्फ संकेत गर्दै भने, “आजको प्रक्षेपणले हामी सबैलाई हाम्रो सहयोगात्मक कार्य कत्तिको महत्त्वपूर्ण छ भन्ने कुराको स्मरण गराएको छ ।”

ब्लिन्केन र उनका दक्षिण कोरियाली समकक्षी चो ताइ–युलको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, “उत्तर कोरियाले रुसी सैन्य उपकरणमा तालिम प्राप्त गरिसकेको छ । अब मस्कोले प्योङयाङसँग उन्नत अन्तरिक्ष र उपग्रह प्रविधि साझेदारी गर्न चाहेको भन्ने हामीसँग विश्वास गर्ने आधार बनेको छ ।” 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को भिटो अधिकार प्राप्त सदस्य रुसले उत्तर कोरियालाई आणविक राष्ट्रका रूपमा औपचारिक रूपमा स्वीकार गर्ने र प्योङयाङले आफ्नो कार्यक्रम अन्त्य गर्नुपर्छ भन्ने विश्वव्यापी सहमतिलाई ठूलो धक्का लाग्ने चिन्ता ब्लिन्केनले व्यक्त गरे ।

अमेरिकी र दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार, उत्तर कोरियाले गत वर्षको अन्त्यतिर युक्रेनविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो र सयौँको मृत्यु भइसकेको छ ।

यसैबीच, जापानले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको विरोध गरेको छ । टोकियोमा प्रधानमन्त्री शिगेरु इशिबाले उत्तर कोरियाले रुससँगको सहकार्यमा ‘प्रविधिमा सुधार गर्दै गएको’ भन्दै चिन्ता व्यक्त गरेका छन् । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro