site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय श्रमिकहरू जलमग्न कोइला खानीभित्र फसे

गुवाहाटी (भारत) । उत्तरपूर्वी राज्य असममा एउटा कोइला खानीमा पानी पसेपछि करिब एक दर्जन भारतीय खानी श्रमिकहरू सोमबार खानीभित्र फसेको प्रहरीले बताएको छ ।

“कोइला खानी धेरै दुर्गम स्थानमा छ,” डिमा हसाओ क्षेत्रको उमराङ्सु खानी जलमग्न भएको र मानिसहरू फसेको पुष्टि गर्दै स्थानीय प्रहरी अधीक्षक मयंक झाले भने ।

स्थानीयबासीहरूका अनुसार सोमबार बिहान कम्तीमा २७ जना कामदार खानीभित्र प्रवेश गरेका थिए । तीमध्ये धेरैजना खानीको कार्यस्थलमा पानी भरिँदा भाग्न सफल भए ।

राज्य अधिकारीहरूले सरकारी उद्धार टोलीहरू र सेनाको सहयोग मागेका छन् ।

“उमराङ्सुमा श्रमिकहरू कोइला खानीमा फसेका छन्,” असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले विज्ञप्तिमा भने, “खानी श्रमिकहरूको सही संख्या पुष्टि हुन सकेको छैन, सबैको सुरक्षाका लागि भगवानसँग प्रार्थना गर्दछु ।” रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro