site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५९ लाख ५५ हजार मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक अनुमान
फाइल तस्बिर ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धानबाली उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ ।

गत आवको तुलनामा ४.०४ प्रतिशतले बढी उत्पादन हुने मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यले जानकारी दिइन् । “वर्षे र चैते दुवै गरी कूल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान छ जुन गत आवको तुलनामा एक दशमलव २८ प्रतिशतले कम हो,” उनले भनिन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

औसत उत्पादकत्व चार दशमलव १९ मेट्रिकटनप्रति हेक्टरमा पुगी हालसम्मको उच्च विन्दु कायम भएको छ । प्रदेशगत रूपमा कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादन वृद्वि भएको छ । बाँकी तीन प्रदेशमा उत्पादन वृद्वि नकारात्मक रहन गएको मन्त्रालयले जनाएको छ । पछिल्लो विश्लेषणअनुसार रुकुम (पश्चिम)मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कम हुँदा समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको हो ।

त्यसैगरी नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखापरी उत्पादनमा कमी आएको र लमजुङमा धानबालीको क्षेत्रफलमा कमी हुँदा उत्पादन घटेको प्रवक्ता वैद्यले जानकारी दिइन् । पछिल्ला वर्षमाझैँ यसवर्ष पनि चैते धानको उत्पादकत्व वर्षे धानको तुलनामा बढी छ ।

चालु आवमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय भएको र सो अवधिमा औसत वर्षा गत आवको तुलनामा उच्च हुँदा वर्षे धान उत्पादनलाई सहयोग पुगेको मन्त्रालयले जनाएको छ । रासायनिक मल र उन्नत जातको धानको बीउ आयात गत वर्षको सोही अवधिको तुलनामा वृद्वि हुँदा पनि धान उत्पादन वृद्वि भएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro