site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. राना नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जीवन रानालाई नियुक्त गरिएको छ ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आयोगको सदस्यमा डा. हिरा चन्द र शेरबहादुर भण्डारीलाई नियुक्त गरिएको छ ।

धनगढी उपमहानगरपालिका–८ निवासी नवनियुक्त उपाध्यक्ष रानाले राना थारु समुदायको सांस्कृतिक जीवन विषयमा विद्यावारिधि गरेकी छन् । प्रदेश सरकारले आयोगको उपाध्यक्षमा पहिलोपटक महिला नियुक्त गरेको हो ।

उपाध्यक्षमा नियुक्त राना नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारु समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन् । आयोगको सदस्यमा नियुक्त डा. चन्द कञ्चनपुरको भीमदत्त नगरपालिका–१० र भण्डारी डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका निवासी हुन् ।

नवनियुक्त उपाध्यक्षलाई आज साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री शाहले आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यबाट विकास र समृद्धिको मार्गमा प्रदेशलाई डोर्‍याउन आवश्यक नीति निर्माण र तिनको कार्यान्वयनमा महत्त्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro