
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसद्मै जवाफ दिने बताएका छन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकलाई प्रश्न गरेका थिए । जवाफमा उनले सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यसँग आग्रह गरे ।
"यो जिज्ञासा यो समितिका मात्रै साथीहरूको भए यहीँ जवाफ दिएर जान्थेँ । यो अरू साथीहरूलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाऊँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु," गृहमन्त्रीले भने ।
भिजिट भिसा प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि छानबिन गरिरहेको छ ।