site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमलाई ‘विशेष प्रदेश’ घोषणाको मागसहित शाहीले अभियान सुरु गर्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री नरेश शाहीले सुदूरपश्चिमलाई ‘विशेष प्रदेश’ घोषणाको माग गर्ने गरी अभियान छेड्ने बताएका छन् । सुदूरपश्चिमप्रति हुँदै आएको शासन र शोषणविरुद्ध विद्रोह गर्दै उनको नेतृत्वमा ‘स्वाभिमान सुदूरपश्चिम अभियान’को घोषणा गरिएको हो ।
 
नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य शाहीले सुदूरपश्चिमलाई राजधानीले शासन र शोषण मात्रै गरेको निष्कर्षमा सुदूरपश्चिमका युवा पुगेको बताए । 

“सूदूरपश्चिमलाई सिंहदबार, राजधानीले शासन गरेको छ । शोषण गरको छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ । ०१३ सालदेखिकै बजेट हेर्दा सुदूरपश्चिमलाई नौ प्रतिशत भन्दा बढी बजेट दिइएको छैन । दुई वर्षचाहिँ ११ र १२ प्रतिशत दिएको देखिन्छ । सुदूरपश्चिममा गरिबी ३४ प्रतिशत छ,” उनले बाह्रखरीसँग भने , “लगानी नगर्ने अनि उत्पादन कसरी हुन्छ ? रोजगारी कसरी सिर्जना हुन्छ ?”

अभियानले सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउन दबाब पुग्ने उनले विश्वास व्यक्त गरे । संविधान संशोधनका क्रममा सुदूरपश्चिमलाई अग्राधिकार दिनुपर्ने माग रहेको उनले सुनाए ।
 
“अहिले संविधान संशोधन हुँदै छ । संविधान संशोधन गर्दा सुदूरपश्चिको हकअधिकार सुनिश्चित गर्नुपर्छ । विशेषाधिकारसहित क्षतिपूर्ति देऊ भन्ने हाम्रो माग हो,” उनले भने । 

शाहीले दबाबमूलक अभियान कुनै दलसँग आबद्ध नभएको दाबी पनि गरे । “एक–डेढ महिनामै समिति सार्वजनिक गर्ने योजना छ । यो कुनै राजनीतिक पार्टी, वाद दर्शन सिद्धान्तसँग सम्बन्धित छैन । सुदूरपश्चिमको अभियान हो, भ्रष्टाचार विरोधी अभियान हो । अकूत सम्पति कमाएका छन् । त्यसका लागि पनि छानबिन गर भन्ने माग छ । हाम्रो माग नसुने संघका लागि पनि त्यो महँगो पर्छ,” शाहीको चेतावनी छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro