site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अंग्रेजी नयाँ वर्षमा सांग्रिला मोटर्सले ल्यायो एक्सचेन्ज कर्निभल

काठमाडौं । गोल्छा अर्गनाइजेसनअन्तर्गतको सांग्रिला  मोटर्सले 'नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५' सार्वजनिक गरेको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा कम्पनीले एक्सचेन्ज कार्निभल ल्याएको बताएको हो ।

यसै डिसेम्बर २७ र २८ तारिक (पुस १२ र १३ गते) गैरीधारास्थित सिल्भर ओकमा कार्निभल आयोजना हुने कम्पनीले जनाएको छ ।

कार्निभलमा लिपमोटर, सिट्रोएन, र प्युजोका गाडी राखिएको कम्पनीले जनाएको छ ।

कार्निभलमा आफ्ना पुराना गाडी लगेर उत्कृष्ट मूल्यांकन र सहज फाइनान्सिङसहित नयाँ गाडी साट्न सकिने कम्पनीले जनाएको छ ।

उपभोक्ताले नयाँ मोडेलका गाडीको टेस्ट ड्राइभ एवं उनीहरूको लक्जरियस, प्रफर्मेन्स र आधुनिक प्रविधिको विशेषता अनुभव गर्न पाइने जनाएको छ ।

कार्निभल बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आयोजना हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro