site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
एमाले पतनको बाटोमा पुग्यो, मलाई केपी ओलीले सदस्य दिएका होइनन् 

काठमाडौं । नेकपा (एमाले)ले पूर्वउपाध्यक्ष भीम रावललाई निष्कासित गरेको छ । पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति निरन्तर दिएको भन्दै एमालेले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो ।

२०७८ मंसिरमा चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उमेदवार बनेर पराजित भएका रावल पार्टीमा भूमिकाविहीन थिए । उनलाई भूमिका दिने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । अन्ततः एमालेले उनलाई पार्टीबाट हटाएको हो । पार्टीबाट हटाइएपछि उनीसँग बाह्रखरीले गरेको संक्षिप्त कुराकानी 

–एमालेको सचिवालय बैठकको निर्णयप्रति तपाईं के भन्नुहुन्छ ? 

Dabur Nepal
NIC Asia

कम्युनिस्ट पार्टीले राष्ट्रियता ,जनताका हक अधिकार, विधि प्रणाली, अनुशासनको पक्षमा बोल्दै आएको थियो । जुन वर्गका विरुद्धमा जे कुराका लागि लड्ने भन्दै आएको थियो, जनताको बहुदलीय जनवादमा जसलाई जोड दिइएको थियो । त्यसको विपरित दिशातर्फ गएर केपी ओलीले गतिविधि गर्दै आएको कुरा अनेकौं तथ्यबाट प्रमाणित हुँदै  आएको थियो ।

जसले राष्ट्रियता, देशभक्तिको पक्षमा आवाज उठाए, जसले विधिपद्धतिको कुरा गरे, जसले कम्युनिस्ट पार्टीले जुन वर्गसँग संघर्ष गर्दै आएको थियो । त्यही वर्गसँग साँठगाठ गर्ने, सत्ताका लागि जे पनि गर्ने त्यस्तो अवसरवाद हो भन्दै आएका थिए । सोचेका थिए ।

त्यस्ता व्यक्तिमाथि दमन गरेर निरंकुश, स्वेच्छाचारी क्रियाकलापलाई ढाकछोप गर्ने, गलत क्रियाकलापका विरोधमा आवाज उठाउनेहरुलाई दमन गर्ने, धम्क्याउने, तर्साउनका लागि केपी ओलीको निर्देशनमा संगठीत सदस्यता सम्बन्धि केपी ओलीको निर्देशनमा निर्णय भए जस्तो लाग्छ । 

–एमालेले पार्टी विरुद्ध निरन्तर बोलिरहुन भएकाले कारबाही गरिएको भनेको छ त ? 

त्यस्तो कुरा गर्नेले न पार्टीको निर्णय सुनाउँदा भन्न सकेका छन् । न विगतमा भन्न सकेका छन् । त्यो कार्यकर्तामा भ्रम सिर्जना गर्ने, आफ्ना देश जनता, विगतमा पार्टीले भन्दै आएका विधि, नीति गरिएका काम कारबाही र भनिएका कुरामाथि पर्दा हाल्ने दुष्प्रयास मात्रै हो । 

–दशौं महाधिवेशनमा अध्यक्षको उमेदवारी दिएपछि असन्तुष्टि ओलीले देखाएका हुन् भन्ने गरिन्छ नि ? 

त्यो पनि एउटा कारण हो । केपी ओली आफूलाई एकछत्र तानाशाहको रुपमा दशौं महाधिवेशनमा प्रदर्शन गर्न चाहन्थे । मैले एमालेको नीति, विधि, जनताको बहुदलीय जनवाद अन्तर्गतको विचारको प्रयोग गरेर उमेदवारी दिएको थिएँ ।  

आठौं महाधिवेशनमा झलनाथ खनालका विरुद्ध उमेदवारी दिएर हारे । नवौं महाधिवेशनमा माधव नेपालका विरुद्ध चुनाव लडेर जिते । 

मैले पनि स्वाभाविक रुपमा उमेदवारी दिएको हुँ । तर,उनले तानाशाही, हैकमवादी प्रवृत्तिलाई चुनौती दिएको भनेर पनि उनमा आक्रोश थियो भन्ने उनका अभिव्यक्तिबाट सुनिन्थ्यो ।

–पार्टीमा बोल्दा कारबाही गर्ने यही नीतिले एमाले कहाँ पुग्ला ?

एमालेको जुन नीति सिद्धान्त, मूल्य मान्यता, जुन शक्तिले देश, राष्ट्रियता कमजोर बनाए, जसका विरुद्ध एमाले लड्यो त्यो बाटोमा केपी ओली छँदै छैनन् नि । नेपाली कांग्रेसलगायतसँग सरकारमा बसेर के गतिविधि गरिरहेका छन् । त्यो देखिरहेका छौं ।

निहीत स्वार्थको आडमा आफ्ना मूल्यमान्यतालाई ध्वंस गर्ने व्यक्तिले कसैले अलिकति आवाज उठायो भने त्यसबाट तर्सेर सदस्यता खारेज गर्ने, निलम्बन गर्ने, माथिबाट यसलाई टिका लगाउ, जिल्लामा यसलाई उठ्न नदेउ भन्ने खालका गतिविधिले संगठन पतनको बाटोमा निश्चित छ । 

–लामो समय काम गरेको पार्टी एमालेले संगठित सदस्यता खोसेपछि अबको यात्रा के हुन्छ ? 

केपी ओलीले संगठित सदस्यता दिएर यो पार्टीमा लागेको होइन । केपी ओलीको अनुहार पनि हेरेर लागेको होइन । जुन बेला म विद्यार्थी आन्दोलनबाट केन्द्रीय कारागारमा गएको थिएँ, त्यतिबेला राधाकृष्ण मैनाली झापाली बन्दीको मेसमा नबसेर अर्को कुनै ज्यान मुद्दा लागेको व्यक्तिसँग बसेका थिए ।

मैले किन यस्तो गरेका भन्दा केपी ओलीलाई देखाउँदै यिनी अवसरवादी हुन् त्यसैले यस्तो गरेँ भनेर राधाकृण मैनालीले जवाफ दिनुभएको थियो ।

संगठित सदस्यता भनेको देश र जनताको पक्षमा काम गर्ने क्रममा एउटा प्रतीकको रुपमा थियो । त्यो प्रतीक कुल्चेपछि देशभक्तिपूर्ण आवाज सिद्धिन्छ भन्ने केपी ओलीको धारणा होला । राष्ट्र र जनताका लागि ५० वर्षसम्म निरन्तर अविचलित आवाज उठाएँ त्यो जारी हुन्छ । कुन रुपमा जारी हुन्छ त्यो देखिनेनै छ । 

–एकीकृत समाजवादीमा जाने तयारी भइरहेको हो ? 
उहाँहरुको महाधिवेशन अगाडि त्यस्तो कुरा भएको थियो । अहिले त्यस्तो भएको पनि छैन । एकीकृत समाजवादीमा जाने कुरा सोचेको पनि छैन ।

–अब, नयाँ पार्टी खोल्ने तयारीमा हुनुहुन्छ कि ? 

देश र जनताको पक्षमा बोल्दा घोषित नीतिको पक्षमा बोल्दा अन्याय अत्याचार र देशघाती क्रियाकलका बारेमा बोल्दा सदस्य नै हुन नपाइने केपी ओलीको बाटो छ । मलाई लाग्छ, एमालेभित्रका पनि इमान्दार, देश जनताको पक्षमा लामो समयदेखि लडेर दुःख पाएका हजारौं मानिसले मलाई साथ दिनेछन् भन्ने विश्वास छ । आगामी दिनमा थाहा भइहाल्छ ।  


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro