site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
मातृभाषामा विज्ञान कहिले पढ्न पाइन्छ ?

एकातिर "हामी एक्काइसौं शताब्दीमा छौँ, विज्ञानमा विश्वास गर्छौं र वैज्ञानिक साम्यवाद वा समाजवादका आधारमा नेपाललाई  विश्वको उन्न्त्तम देश बनाऊछौं" भन्दै राजनीतिक दलका नेता र तिनका अनुयायी कुर्लने गर्छन् । अर्कातिर अहिलेम्म ११ कक्षाको लागि मातृभाषा नेपालीमा पाठ्यपुस्तक तयार गरिएको छैन । नेपाली बालबालिकाले ११ कक्षाभन्दा माथि आफ्नो मातृभाषामा विज्ञान पढ्न पाउँदैनन् | कक्षा ११पछि नेपाली बालबालिकाले विज्ञान पढ्न विदेशीको भाषा अंग्रेजी जान्नैपर्ने बाध्यता छ | अंग्रेजी माध्यममा पढ्नेहरूका लागि विज्ञानको ढोका खुला छ भने नेपाली माध्यममा पढेकाहरूका लागि नीतिगतरूपमै विज्ञानको ढोका बन्द गरिएको छ |

नेपाली भाषामा विज्ञानको पठनपाठन नहुनु र नेपाली जनताका छोराछोरीलाई जवर्जस्ती अंग्रेजी भाषा लादिनु नेपाल र नेपालीको द्वेष गर्नु हो | एउटा भाषाका रूपमा अंग्रेजी पढ्नुपर्छ, जान्नुपर्छ तर विज्ञान, गणितजस्ता प्राविधिक विषयहरू अंग्रेजी माध्यममै पढ्न बाध्य बनाउनु देशद्रोह हो ।  

नेपालमा अंग्रेजीको विकासका लागि २०२८ सालदेखि सरकारीस्तरबाट नै प्रयास गरिएको हो । यस प्रयासबाट २०८१ सालमा ५९ प्रतिशत विद्यार्थी कक्षा १० को अंग्रेजी, अंग्रेजी माध्यममा पढिने विज्ञान र गणितमा असफल भए । सरकार र तिनका समर्थक शिक्षविद्हरूले अंग्रेजी भाषाको एउटा पत्र राखेर अन्य सबै नेपाली माध्यामबाट पठन/पाठन गराउन आरम्भ गरेको भए देशको यस्तो स्थिति हुने थिएन | अंग्रेजी र नेपाली पढ्नेका बीचमा विभेद हुने थिएन | अंग्रेजी पढेकामात्र जान्ने हुन्छन् भन्ने गलत मानसिकता फैलने थिएन |

सन् १९४८ देखि सरकारले अंग्रेजी भाषामा गरेको लगानीको १० प्रतिशतमात्र पनि विज्ञानका पुस्तकहरू नेपालीलगायतका नेपाली मातृभाषा अनुवाद गर्न लगाएको भए कक्षा १ देखि विद्यावारिधिसम्म आफ्नै भाषामा विज्ञान पढ्ने पुस्ता तयार हुन्थ्यो | चिनियाँ विद्यार्थीले विज्ञान आफ्नै भाषामा पढ्छ । चीनले राम्रै विकास गरेको छ | बेलायतबाहेक कुनै पनि युरोपेली देशमा विज्ञान पढ्न अंग्रेजी अनिवार्य हुँदैन । छिमेकी भारतमा राज्यको भाषाअनुसार विज्ञानका पाठ्यपुस्तक उपलब्ध छन् र विद्यार्थीले आफ्नै मातृभाषामा विज्ञान पढ्न सक्छन् | विश्वमा नेपालमात्र यस्तो देश हो जहाँका बालबालिका २१सौं शताब्दीमा पनि विदेशी भाषामा विज्ञान पढ्न बाध्य छन् |

( त्रिचन्द्र क्याम्पस)
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro