अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १०:५०
प्रतिक्रिया दिनुहोस्