site stats
बाह्रखरी :: Baahrakhari
देश
मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सुनसरीको दुहबी नगरपालिका–५ का पोखरेललाई उपकुलपति नियुक्त गरेका हुन् ।

उनले दोस्रो कार्यकालका लागि जिम्मेवारी पाएका हुन् ।

मुख्यमन्त्री कार्कीले पोखरेललाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका छन् । प्राविधिक शिक्षालाई बढाउन प्रदेश सरकारले ६ वर्षअघि ऐन बनाएर विश्वविद्यालय सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्