काठमाडौं । नेपाल निर्देशक समाजले हेल्प डेस्क संचालन गरेको छ । चलचित्र निर्माण तथा प्रदर्शनको क्रममा चाहिने आवश्यक जानकारी तथा परामर्शका लागि निर्देशक समाजले ‘हेल्प डेस्क’ संचालनमा ल्याएको हो ।
विशेषगरी नयाँ निर्माता तथा निर्देशकले चलचित्र निर्माणको क्रममा धेरै कुरा थाहा नपाएको र काम गर्दै जाँदा धेरै समस्या आउने गरेको गुनासो आएकाले निर्देशक समाजले नयाँ चलचित्र निर्माता, निर्देशकका लागि आवश्यक परामर्श तथा सेवाका ‘हेल्प डेस्क’ संचालनमा ल्याएको हो ।
यो सेवा निःशुल्क प्रदान गरिने समाजले स्पष्ट पारेको छ । बिदाको दिनबाहेक अन्य दिन कार्यालय समयमा निर्देशक समाजको कार्यालयमा सम्पर्क गरेर निःशुल्क चलचित्र निर्माण परामर्श तथा सेवा लिन सकिने समाजका अध्यक्ष जनकदीप पराजुलीले बताएका छन् ।