site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड 

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपालबाट ४९ करोड ६८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५४ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट ४९ करोड ६८ लाख ग्रसकलेक्सन गरेको हो । 

७५ दिनसम्म हलमा रहिरहे करिब ५० करोड ग्रसकलेक्सन गर्ने निर्माता विनोद पौडेलको विश्वास छ । कात्तिक १५ गते लक्ष्मिपूजाका दिनमा रिलिज भएको यो चलचित्र अहिले पनि प्रदर्शन भइरहेको छ । 

यो चलचित्रले विदेशमा ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको उनको भनाइ छ । “बाहिरको यकिन डाटा आइसकेको छैन । तर, हालसम्म ३५ करोडभन्दा माथि नै कलेक्सन गरिसकेको छ,” निर्माता पौडेलले बाह्रखरीसँग भने । 

‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा ४९ करोड ६८ लाख र नेपाल बाहिर ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गर्दा हालसम्म जम्मा ८५ करोडभन्दा माथि कलेक्सन गरिसकेको छ । 

भारत, कोरियालगायत देशमा यो चलचित्र प्रदर्शन गर्न अझै बाँकी छ । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख लागतमा निर्माण भएको चलचित्र हो । 

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । 

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro