site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेढ करोड लगानी गरेका ‘बम बहादुर’का निर्माताको हातमा साढे तीन लाख रुपैयाँ 

काठमाडौं । चलचित्र ‘बम बहादुर’ले चार दिनमा नौ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको यो चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटर गरी जम्मा नौ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको वितरक कम्पनी रिच इन्टरटेनमेन्ट स्रोतले बताएको छ ।

यो चलचित्र क्यूएफएक्स चेनबाट उत्रिसकेको छ । क्यूएफएक्स देशकै ठूलो मल्टिप्लेक्स चेन हो । वान सिनेमाज, आईएनआई सिनेमाजलगायत अधिकांश मल्टिप्लेक्सबाट यो चलचित्र उत्रिसकेको छ । 

“सुरुमा यो चलचित्रले राम्रै शो पाएको थियो । देशभर करिब सय शो पाएको थियो,” उनले भने, “अहिले सिंगल थिएटरमा केही शो मात्रै छ ।” 

दार्जिलिङको कथामा आधारित सिनेमा भएकाले रुचि कम देखिएको हुनसक्ने वितरक करण श्रेष्ठ बताउँछन् । “तर, नेपाली भाषीकै कथा हो । वीर गोरखा कै कथा हो,” उनले भने, “नेपाल बाहिरको कथा हो भनेर नहेरिएको हो भने बलिउड र हलिउड तथा साउथका सिनेमाका कथा पनि बाहिर कै हुन् ।” 

नौ लाख रुपैयाँ ग्रसकलेक्सन गर्दा निर्माताको हातमा करिब साढे तीन लाख रुपैयाँ मात्रै हात पर्ने करण बताउँछन् । 

“नौ लाख रुपैयाँ कलेक्सन हुँदा निर्माताको हातमा साढे तीन लाख जति हात पर्छ,” उनले अगाडि थपे, “चलचित्र राम्रो बनाएर मात्रै हुँदैन भन्ने यो पाठ पनि हो । चलचित्र चल्न हरेक कुरा मिल्नुपर्छ । यसबाट निर्माताले सिक्नुपर्छ ।” 

‘बम बहादुर’ करिब डेढ करोड रुपैयाँ लगानीमा निर्माण भएको चलचित्र हो । 

भारतका दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक संघर्षको कथामा बनेका यो चलचित्रमा सौगात मल्ल मुख्य भूमिकामा छन् । 

जोन राईले निर्देशन गरेको चलचित्रको कथा र पटकथा जोन स्वयं र रुपेश तामाङले लेखेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro