site stats
बाह्रखरी :: Baahrakhari
कला
सञ्जयको ‘माया मेरी माया’ले कमाएको थियो एक करोड ९२ लाख  

काठमाडौं । पपगायक सञ्जय श्रेष्ठका थुप्रै हिट गीतमध्येको एउटा गीत हो, ‘">माया मेरी माया...।’  सन् १९९२ मा निस्किएको ‘नयाँ मोडमा’ एल्बममा यो गीत समावेश थियो । 

यो गीत क्यासेटको साइड ‘बी’को तेस्रो स्थानमा राखिएको थियो । क्यासेटका राम्रा र सम्भावना बोकेका भनेर विश्वास गरिएका गीत साइड ‘ए’मा राखिन्थ्यो । क्यासेटमा आफूलाई राम्रो लागेका र स्रोतालाई पनि मन पर्छ भनेर अपेक्षा गरिएका गीत क्रमशः १, २, ३... गर्दै राख्ने चलन थियो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सामान्य बोलिचालिको भाषामा थियो, त्यसैले स्रोताले खासै मन पराउनुहुन्न होला भनेर हामीले यो गीत साइड ‘बी’को तेस्रो स्थानमा राखेका थियौँ,” सञ्जय बाह्रखरीसँग भन्छन्, “तर, पछि यही गीत स्रोताले मन पराइदिनुभयो । वास्तवमा यो लुकाइएको गीत थियो ।” 

यो गीत सञ्जयको सांगीतिक करिअरकै माइलस्टोन बन्यो । सञ्जयका अनुसार यो एल्बम ४८ लाख कपी बिक्री भयो । प्रतिक्यासेट चार रुपैयाँ रोयल्टी सञ्जय अथवा ‘क्रसरोड’ ब्यान्डको हातमा पर्थ्यो ।

“त्यो समय सर्वाधिक बिक्री हुने एल्मबमा यो पनि एक हो । गीत जसरी हिट भयो, त्यसैगरी एल्बम पनि बिक्री भयो,” सञ्जय भन्छन्, “हरेक महिना कम्पनीले रोयल्टी दिन्थ्यो । एक महिनामा एक लाख रुपैयाँसम्म रोयल्टी बुझ्थ्यौँ ।” 

४८ लाख कपीको चार रुपैयाँका दरले रोयल्टी आउँदा एक करोड ९२ लाख रुपैयाँ सर्जक तथा स्रष्टाको हातमा पर्छ । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्