site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ भोलिमात्रै पुग्ने !

काठमाडौं । सरकारले सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्नेसहितका प्रावधान राखेर ल्याएको अध्यादेश राष्ट्रपतिकहाँ भोलिमात्रै पठाउने भएको छ । आज सार्वजनिक बिदा भएकाले भोलिमात्रै पठाउन लागिएको हो । सरकारले हिजो बेलुका यो अध्यादेश ल्याउने निर्णय गरेको हो । अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागु हुनेछ ।

सहकारी छानबिनका लागि बनेको संसदीय विशेष समितिको सुझावअनुसार सरकारले विशेष व्यवस्था गर्न अध्यादेश ल्याएको जनाएको छ । यस अध्यादेशअनुसार सहकारीमा जम्मा गरिएको पाँच लाखरुपैयाँसम्मको बचत फिर्ताका लागि मापदण्ड बनाउन सकिने भएको छ ।

मापदण्डका आधारमा फिर्ता गर्ने व्यवस्था मिलाइएको एक मन्त्रीले जानकारी दिए ।

अध्यादशेमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन हुने र उक्त प्राधिकरण स्वायत्त र स्वशासित हुने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्डलाई पालना गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
बचत तथा ऋण सहकारीलाई तीन तहमा वर्गीकरण गर्दै दर्ता भने स्थानीय तहमा मात्रै गर्न सकिने व्यवस्था मिलाइएको छ ।

व्यक्तिगत बचत र ऋणको सीमा पनि तय गरिएको छ । जिल्ला भित्र, प्रदेशभित्र र देशभरि कार्यक्षेत्र रहेका सहकारीमा क्रमशः १० लाख, २५ लाख र ५० लाखको सीमा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro