site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार 

कजाकिस्तान । पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटना भएको अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमानबाट २८ जनाको जीवितै उद्धार गरिएको छ । कजाकिस्तानका अधिकारीले भनेका छन्, “विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने बताएका छन् । मृतकको संख्या अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन ।”

विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए । जीवितै उद्धार गरिएका २८ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । उक्त विमान अजरबैजानको राजधानी बाकुबाट क्यास्पियन नदीको पश्चिमी किनारमा रहेको दक्षिणी रुसको चेचन्यास्थित ग्रोज्नी सहरका लागि उडेको थियो ।

Argakhachi Cement Island Ad

विमान दुर्घटनापछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले पूर्वसोभियत राष्ट्रहरूको समूह ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’का नेताहरूको अनौपचारिक शिखर सम्मेलनमा भाग लिन रूसको भ्रमणको कार्यक्रम छोट्याएको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विमानमा अजरबैजानका ३७ जना, कजाकिस्तानका ६ जना, किर्गिस्तानका तीनजना र रुसका १६ जना रहेको कजाकिस्तानको यातायात मन्त्रालयले जनाएको छ ।

घटनास्थलमा १५० भन्दा बढी तालिमप्राप्त कर्मचारी उद्धारका लागि जुटेका छन् । विमान दुर्घटना हुँदा लागेको आगो नियन्त्रणमा आएको छ ।(रासस/एएफपी)

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्