site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
के छ रविसहितको मुद्दाको अभियोगपत्रमा ? (पूर्णपाठ)

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेसहितविरुद्ध आज मुद्दा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १८ जनालाई संगठित अपराधको कसुरमा अभियुक्त बनाएर आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।

कास्की जिल्ला अदालतमा दायर अभियोगपत्रमा उनीहरूलाई संगठित अपराधमा सजाय गरी जरिवाना समेतको माग गरिएको छ ।

संगठित अपराधमा अभियुक्त बनाइएकाहरूमा रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १८ जना छन् ।

अरू प्रतिवादीमा रामबहादुर खनाल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन, नेत्रपाणि बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, किरणबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ र लक्ष्मीप्रसाद पौडेल छन् ।

बयामा लामिछानेले आफूले खाली चेकमा हस्ताक्षर गरेको स्वीकार गर्दै त्यसको दुरूपयोग भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा बुझाएको अभियोगपत्रमा यस्तो दाबी गरिएको उल्लेख छ ।

“कुनै सहकारीबाट ऋण तिर्नु भन्ने कुनै सूचना, जानकारी, पत्रलगायतको कुनै ताकेता भएको अवस्था समेत थिएन,” उनको बयानमा उल्लेख छ,“मलाई लाग्छ, प्रस्तुत चेकहरु या त मैले माथि उल्लेख गरेजस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छाडेको खाली चेकहरुको दुरुपयोग हो, या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम मेरो जानकारी विना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराई पछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य त्रगरेको चेकहरु हुन सक्छन् ।”

पूर्वडीआईजी छविलाज जोशीले गार्खा मिडिया नेटवर्कको नाममा सञ्चालन गरिएको ग्लोबल आईएमई बैंकको खातामार्फत भएको कारोबारबारे आफूलाई जानकारी नभएको बयान दिएका छन् ।

प्रहरीको अनुसन्धानका क्रममा ग्लोबल आईएमई बैंकको ००४०१०१००००५७७ नम्बरको खातामा कुल ९० करोड ४४ लाख १७ हजार ५५२ रुपैयाँको कारोबार भएको खुलेको छ । तर, ग्यालेक्सी टेलिभिजन सञ्चालन भएदेखि नै सञ्चालक रहेका जोशीले रकम कारोबारबारे आफूलाई जानकारी नभएको बयान दिएका हुन् ।

उनले भनेका छन्, ‘‘रवि लामिछाने ग्यालेक्सी आउनु अघिदेखि नै कारोबारमा संलग्न रहेछन् । खाता २०७७ कात्तिक ६ गते नै खोलिएको रहेछ । गोर्खा मिडिया नेटवर्कमा आएको रमकबारे रवि र जीबीलाई मात्रै थाहा होला ।’’

के छ अभियोगपत्रमा ?

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro