site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

झापा । झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एकजनाको मृत्यु भएको छ । 

झापा गाँउपालिका–३ स्थित भित्री सडकखण्डमा झाटीबाट कामाटोलीतर्फ आउँदै गरेको मे१त ४१०७ नं को ट्याक्टरबाट खसेर सोही स्थानका ६० वर्षीय रमेश हास्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

‘लिप्ट’ मागेर बसेका हास्दा अचानक बेहोस भएर ट्याक्टरबाट खसेर घाइते भएका थिए । स्वास्थ चौकी शरणामतिमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा आज बेलुका ६ः३० बजे उपचारको क्रममा मृत्यु भएको प्रवक्ता खड्काले बताए । 
 
हास्दाको शव प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा परीक्षणका लागि राखिएको छ भने ट्याक्टर धनी एवं चालक झापा–३ का ४८ वर्षीय देवकुमार गणेशलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro