site stats
बाह्रखरी :: Baahrakhari
देश
टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान
फाइल तस्बिर ।

काठमाडौं । राजश्व अनुसन्धान विभागले चीनतर्फ निकासी हुन लागेका २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पत्ता लगाएको छ । २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा (अमेरिकी डलर र युरो) मालिक पहिचान भएको हो ।

विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ स्थायी घर भइ हाल टोखा नगरपालिका–१०, महादेवटार बस्ने नारायण पौडेलको रहेको खुलेको हो ।

मोबाइल कल, पैसा बोकेको गाडीको मुमेन्ट, गोप्य स्रोतबाट आएका सूचनाका आधारमा मुख्य मालिक पहिचान गरिएको विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले बताए ।

उनी हाल फरार छन् । उनलाई पक्राउ गर्नका लागि अदालतबाट आइतबार नै पुर्जी समेत जारी भइसकेको घिमिरेले बताए । विभागले उनको काठमाडौंमा रहेको घर लगायतका ठाउँमा खानतलासी पनि गरेको छ ।

कपडा किन्न भन्दै चीन हिँडेको ना ७ ख १६५२ नम्बरको ट्रक र विदेशी मुद्रासहित गाडीधनी समेत रहेका चालक ‘फुच्चे’ भनिने कुसाङ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ४ मा टोखाबाट पक्राउ गरेर राजस्व अनुसन्धान विभागमा बुझाएको थियो । चालक बस्ने क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई भित्रपट्टि लुकाएर राखिएको अवस्थामा अमेरिकी र युरो मुद्रा बरामद भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्