site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उपाधि जित्न सुदूरपश्चिमबाट जनकपुरले पायो १८५ रनको लक्ष्य 

काठमाडौं । ओपनरद्वय विनोद भण्डारी र सैब जैबको शतकीय साझेदारीप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८४ रन बनायो ।

सुदूरपश्चिमका ओपनिङ जोडी सैब जैब र विनोद भण्डारीले टिमलाई उत्कृष्ट सुरुआत दिलाए । यी दुईले पहिलो विकेटका निम्ति ११७ रनको शतकीय साझेदारी गरे ।

सैब जैबले ४३ बलमा ६९ रन बनाए । किशोर महतोले गरेको १२औँ ओभरको अन्तिम बलमा ललितनारायण राजवंशीबाट क्याच हुनुअघि जैबले आठ चौका र दुई छक्का प्रहार गरे ।

Dabur Nepal
NIC Asia

पहिलो विकेट गुमाएको दुई बलपछि नै सुदूरपश्चिमले अर्का ओपनर विनोदलाई पनि गुमायो । १३औँ ओभरको दोस्रो बलमा ललितले विनोदलाई बोल्ड गरे । विनोदले ४१ रन बनाए । उनले ३१ बलमा एक चौका र तीन छक्का प्रहार गरे ।

हर्मित सिंहले आठ बलमा एक छक्कासहित १४ रन बनाए । १५औँ ओभरको अन्तिम बलमा हर्मितलाई मोहमद मोहसिनले हेमन्त धामीबाट क्याच गराए ।

ब्रान्डन म्याकमुलमले पनि १२ बलमा एक छक्कासहित १४ रन नै थपे । १६औँ ओभरको अन्तिम बलमा जिम्मी निसमले म्याकमुलमलाई बोल्ड गरे । 

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले नौ रन बनाए । आसिफ शेखले एक रन मात्र थप्न सके । यी दुवैलाई जनकपुरले १९औँ ओभरमा पभेलियन फर्काएको थियो ।

१९औँ ओभरमा जनकपुरका मोहमद मोहसिनले दुई विकेट लिए । उनले ओभरको पहिलो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई हेमन्त धामीबाट क्याच गराए । यस्तै, पाँचौँ बलमा आसिफ शेखलाई ललितनारायण राजवंशीबाट क्याच गराए ।

स्कट कुग्गेलेनले १३ रन बनाए । १० बमा दुई चौका प्रहार गरेका कुग्गेलेनलाई २०औँ ओभरको पहिलो बलमा किशोर महतोले बोल्ड गरे । सोही ओभरको चौथो बलमा किशोरले सुदूरपश्चिमका नरेश बुढाऐरलाई शेर मल्लबाट क्याच गराए । नरेशले तीन बलमा एक छक्कासहित आठ रन बनाए ।

इनिङको अन्तिम बलमा रनआउट भएका इशान पाण्डेले दुई बलमा एक चौकासहित ६ रन बनाए ।

जनकपुरका मोहमद मोहसिन र किशोर महतोले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका मोहसिनले ४० रन खर्चिए । चार ओभर बलिङ गरेका किशोरले २५ रन खर्चिए ।

जनकपुरबाट बलिङमा ललितनारायण राजवंशी सबैभन्दा किफायली बलर बने । एक विकेट लिएका ललितले चार ओभरमा १५ रन मात्र खर्चिए । उनले एक मेडन समेत फ्याँके ।

जिम्मी निसम एक विकेट हात पारे ।

प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका टिम हुन्, जनकपुर र सुदूरपश्चिम । लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो । दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro