site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमबाट सैब जैबले बनाए अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सबाट ओपनर सैब जैबले अर्धशतक बनाएका छन् । सुदूरपश्चिम रोयल्सले पावर प्लेमा ४८ रन बनाएको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमबाट जैबले ३३ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन पूरा गरे । प्रतियोगिताको उनको यो दोस्रो अर्धशतक हो ।

जारी खेलको १० ओभर समाप्त हुँदा सुदूरपश्चिमले विकेट नगुमाई ९७ रन बनाएको छ । 

प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका टिम हुन्, जनकपुर र सुदूरपश्चिम । लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हाशिल गरेको थियो । दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro