site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स ट्रफीमा भारतको खेल पाकिस्तानमा नहुने, पाकिस्तानले पनि भारतमा प्रतियोगिता नखेल्ने

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमले च्याम्पियन्स ट्रफी–२०२५ पाकिस्तानमा नखेल्ने भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार च्याम्पियन्स ट्रफी हाइब्रिड मोडेलमा सञ्चालन हुने जनाउँदै भारतका खेल भने पाकिस्तान बाहिर हुने बताएको हो । यसको बदलामा भारतमा हुने कुनै पनि आईसीसीका इभेन्टमा पाकिस्तानले नखेल्ने भएको छ । आईसीसीले नै भारतमा हुने प्रतियोगितामा पाकिस्तानका खेल भने तटस्थ भूमीमा हुने जनाएको हो ।

च्याम्पियन्स ट्रफी–२०२५ को आयोजक राष्ट्रको रुपमा पाकिस्तान छनोट भएको छ । तर, यो प्रतियोगितामा भारतका खेल भने पाकिस्तान बाहिर तटस्थ भूमीमा हुनेछ । यस्तै, सोही वर्ष भारतमा हुने महिला एकदिवसीय विश्वकप र २०२६ को ट्वान्टी–२० विश्वकपमा पाकिस्तान खेल भारतबाहिर हुनेछ । 

च्याम्पियन्स ट्रफीमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि सन् २०१७ मा भएको पछिल्लो संस्करणको उपाधि पाकिस्तानले जितेको थियो । पाकिस्तानले उक्त संस्करणको फाइनलमा भारतलाई नै हराएर उपाधि जितेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro