site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा अपराह्नपछि वर्षा हुने 
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा छ ।

विभागले दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । 

कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । मौसमविद् विनु महर्जनका अनुसार आज काठमाडौंमा वर्षा हुनेछ । 

“आज दिनभर काठमाडौंमा आंशिकदेखि साधारणतया बदली हुनेछ,” उनले बाह्रखरीसँग भनिन्, “अपराह्नपछि काठमाडौंका केही स्थानमा हल्का वर्षा हुनेछ ।” 

दिउँसो २ बजेपछि खण्डवृष्टिको सम्भावना रहेको हो । हिजो पनि काठमाडौंमा केही स्थानमा छिटपुट वर्षा भएको थियो । 

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro