site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णालीले दोस्रो क्वालिफायर खेल्ने, चितवनले पाउने भयो १५ लाख 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध २१ को जित निकाल्दै कर्णाली याक्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । कर्णालीले अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स वा सुदूरपश्चिम रोयल्समध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

हारसँगै प्रतियोगिताबाट बाहिरिएको चितवन राइनोजले चौथो स्थान सुनिश्चित गरेसँगै १५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ३४ बलमा तीन चौका र चार छक्का प्रहार गरे । प्रतियोगितामा बोपाराको यो तेस्रो अर्धशतक हो । योसँगै उनी एनपीएलमा तीन अर्धशतक बनाउने एक मात्र ब्याटर समेत बने ।

चितवनका अरू ब्याटरले खुलेर खेल्न सकेनन् । कप्तान कुशल मल्लले २४ बलमा एक छक्कासहित २१ रन बनाए । ओपन विपीन रावलले १० बलमा चार चौकासहित १८ रन जोडे । लुक बेन्केन्स्टाइनले १३ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए । शरद भेषवाकरले १० बलमा एक चौकासहित १० रन थपे ।

चितवनका अरू ब्याटर दोहोरो अंकसम्म पनि पुग्न सकेनन् । अमरसिंह रौटेलाले नौ, सन्तोष कार्कीले आठ, रिजन ढकालले सात र सोहेल तान्विरले चार र ओपनर हसन एसाखिलले एक रन मात्र बनाए ।

कर्णालीका जिसान मक्सुदले तीन विकेट लिए । चार ओभर बलिङ गरेका मक्सुदले २६ रन खर्चिए । कप्तान सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट लिए । विपीन शर्माले एक विकेट हात पारे ।

पहिलो इनिङ : कर्णालीबाट दुई ब्याटरको अर्धशतक
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक बनाएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।

कोल्सावालाले सर्वाधिक ५३ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कोल्सावालाले ३५–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति विलियम बोसिस्टोसँग ४९ रनको साझेदारी गर्दै कर्णालीको मध्यक्रम सम्हालेका थिए । 

बोसिस्टोले ५२ रन बनाए । उनले ३९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । बोसिस्टोले ९७–४ को स्थितिबाट पाँचौँ विकेटका निम्ति चान्डविक वाल्टनसँग ६७ रनको साझेदारी गर्दै कर्णालीलाई बलियो योगफलसम्म पुर्‍याएका हुन् ।

अर्धशतक बनाउन चार रनले चुकेका वाल्टनले अविजित ४६ रन जोडे । आक्रामक रूपमा प्रस्तुत भएका उनले २३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । कप्तान सोमपाल कामी शून्यमा अविजित रहे । 

कर्णालीका अर्का ओपरन रित गौतम ‘गोल्डेन डक’ र गुल्सन झा ‘डक’ भए । जिसान मक्सुदले १२ बलमा एक चौका र एक छक्कासहित १४ रन थपे । देव खनाल तीन रन बनाएर पभेलियन फर्किए ।

चितवनका सोहेल तान्विरले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सोहेलले २४ रन खर्चिए । सरद भेषवाकर, रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट हात पारे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro