site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनमा सेनाको प्रभुत्व रहेको भन्दै पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार युक्रेनमा आफ्नो सेनाको द्रुत प्रगतिको प्रशंसा गर्दै पश्चिमी समर्थित छिमेकमा मस्कोको सैन्य आक्रमणको सन् २०२४ को वर्षलाई ‘ऐतिहासिक’ बताएका छन् ।  

वर्षको अन्त्यमा भएको बैठकमा शीर्ष सैन्य जनरलहरूलाई सम्बोधन गर्दै उनले आफ्नो सेनाको सम्पूर्ण मोर्चामा माथिल्लो हात रहेको दाबी गर्दै दृढ र आशावादी स्वर व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

उनले पश्चिमी ‘हाइब्रिड युद्ध’ र मस्कोलाई ‘रणनीतिक पराजय’ गराउने प्रयासको पनि आलोचना गरे ।

आक्रमणको पहिलो हप्तापछि सबैभन्दा तीव्र गतिमा पूर्वी युक्रेनमा रुसी सेना अघि बढ्दै जाँदा यी टिप्पणी आएका हुन् ।

मस्को र किएभ दुवैले जनवरीमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि युद्धभूमिमा आफ्नो स्थिति सुधार गर्न खोजिरहेका छन् ।

रिपब्लिकन ट्रम्पले केही घन्टामै युद्धविराम गर्नसक्ने पटक–पटक बताउँदै आएका छन् । यद्यपि उनले कुनै योजना प्रस्तुत गर्न सकेका छैनन् र शान्ति वार्ताका बारेमा अनुमान लगाइएको छ । रासस/एएफपी

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro