विदेश
कोलम्बो । श्रीलंकाको राष्ट्रिय निर्माण अनुसन्धान संगठन (एनबीआरओ)ले सोमबार चार जिल्लाका धेरै क्षेत्रमा पहिरोको प्रारम्भिक चेतावनी जारी गरेको छ ।
श्रीलंकाका केही भागमा भारी वर्षा जारी रहेपछि चेतावनी जारी गरिएको एनबीआरओले जनाएको छ ।
एनबीआरआले मध्य र उत्तर पश्चिमी प्रान्तहरूमा बडुल्ला, क्यान्डी, कुरुनेगाला र मटाले जिल्लाहरूमा धेरै डिभिजनल सचिवालय र वरपरका क्षेत्रहरूमा पहिरो जानसक्न प्रारम्भिक चेतावनी जारी गरेको छ ।
यसैबीच, देशको मौसम पूर्वानुमान महाशाखाले दक्षिणपूर्वी बंगालको खाडीको समुन्द्रमा विद्यमान अशान्तिका कारण वर्षा भएको जनाएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: सोमबार, पुस १, २०८१ २३:३५
प्रतिक्रिया दिनुहोस्