site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
फाइल तस्बिर।

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । आठौँपटक म्याद थप गर्न उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

कास्की प्रहरीले लामिछानेसहितमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । तर, सरकारी वकिललाई केही समय लाग्ने भएपछि म्याद थपका लागि अदालत लगिएको हो ।

यसअघि, अदालतले मंसिर २७ गते उनलाई हिरासतमा राख्न पाँच दिनको अनुमति दिएको थियो । 

सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro