site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी कांग्रेस छाडेर कांग्रेसमा फर्केका पराजुलीलाई देउवाले दिए नयाँ जिम्मेवारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसले बीपी कांग्रेस छाडेर कांग्रेसमा फर्केका पुष्पराज पराजुलीलाई नयाँ जिम्मेवारी दिएको छ । 

पराजुली झन्डै एक दशकयता नेपाली कांग्रेस छाडेर नेपाली कांग्रेस (बीपी)मा आबद्ध थिए । उनले गत पुस १७ गते सो पार्टी परित्याग गरेका थिए । 

कांग्रेस सभापति देउवाले उनलाई बुधबार पार्टीको नयाँ जिम्मेवारी दिएका हुन् । देउवाले उनलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ०८१ चैत १० गतेको बैठकको निर्णय अनुसार कांग्रेसको महाधिवेशन प्रतिनिधि र केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा मनोनयन गरेका हुन् । 

“नेपाली कांग्रेसमा सगौरव प्रवेश गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४ (१०) (ग) र (ङ)को व्यवस्था तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८१ चैत्र १० गतेको बैठकको निर्णय अनुसार, सोही विधानको धारा २५ बमोजिम, तपाईंलाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा मनोनयन गरेको छु,” सभापति देउवाले हस्ताक्षर गरेको मनोनयनपत्रमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro