site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार कास्की जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

यसअघि, छैटौँपटक थपिएको म्याद बुधबार सकिएको थियो । बिहीबार सातौँपटक म्याद थपका लागि उनलाई अदालतमा पे‍स गरिएको हो ।

रविसहित छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई पनि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

संगठित अपराधमा अधिकतम ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाइन्छ । रविका साझेदार छविलाल समातिएको मिति असोज ६ का आधारमा अब १० दिनभित्र मुद्दा अदालतमा लग्नुपर्ने हुन्छ ।

प्रहरी स्रोतका अनुसार, अब म्याद थप गर्न लैजाँदा मुद्दा अभियोजनसमेत गर्ने तयारी छ । सोहीअनुरूप प्रतिवेदन लेखनमा लागिएको प्रहरीले जनाएको छ । 

Royal Enfield Island Ad

मुद्दा दायरपछि अदालतले थुनछेक बहस गरेर रविलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिने, साधारण तारेखमा छोड्ने वा धरौटीमा छोड्ने निर्णय लिन सक्छ ।

सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो । उनलाई कास्की पुर्‍याइएपछि त्यहाँबाटै बयानका निम्ति कात्तिक अन्तिम साता रूपन्देही लगिएको थियो ।

त्यसपछि काठमाडौं ल्याइयो । काठमाडौंबाट चितवन लगिएको थियो । चितवनमा बयान सकिएपछि मध्यरातमा पोखरा फर्काइएको थियो । पोखराबाट फेरि पर्सा लगिएको थियो । उनलाई पर्साबाट बुधबार पोखरा लगिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro