site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिग चरण समाप्त हुँदासम्म रोहित नै छन् सबैभन्दा धेरै रन बनाउने ब्याटरको शीर्ष स्थानमा
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरण समाप्त हुँदा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल छन् ।

तालिकाको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको लुम्बिनीले सात खेल खेल्दा दुई अंक मात्र जोडेको थियो । तर, टिमको प्रदर्शन खराब रहे पनि उत्कृष्ट लयमा रहेका रोहित हालसम्म लिगको सबभन्दा धेरै रन बनाउने खेलाडीमा कायम रहेका हुन् ।

रोहितले लुम्बिनीबाट सात खेल खेल्दा दुई अर्धशतकसहित २७९ रन बनाएका छन् । बलिङतर्फ पनि उस्तै प्रदर्शन गरेका रोहितले सात खेलमा आठ विकेट लिएका छन् ।

ब्याटिङमा रोहितलाई पछ्याइरहेका चितवन राइनोजका रवि बोपाराले सात खेलमा २३३ रन बनाएका छन् । रोहितलाई उछिन्न बोपाराले इलिमिनेटरमा कर्णाली याक्सविरुद्ध ४७ रन बनाउनु पर्ने हुन्छ ।

यस्तै, यो सूचीको तेस्रो स्थानमा रहेका पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ६ इनिङमा २२४ रन बनाएका छन् ।

 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro