site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रिमियम सेडान ‘जीएसई’ कार बिक्री सुरु

काठमाडौं । सौर्य अटोमोबाइल्स प्रालि (जेएमईभी)ले ‘जीएसई’ इलेक्ट्रिक कार नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीका अनुसार, ४९ किलोवाट आवर ब्याट्री क्षमताको यो कारको मोटर आउटपुट ९९ किलोवाट छ ।

जीएसईले फुल चार्जमा ४२० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यसमा १७० एमएम ग्राउन्ड क्लियरेन्स छ । ३६० डिग्री एभीएम भिजुअल सिस्टम छ । ४१० लिटर बुट स्पेस छ । नेपालको भूगोललाई मध्यनजर गरी यो कार ल्याइएको कम्पनीको भनाइ छ ।

यो कारको प्रतिमूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो जिआङसी जियाङलिङ ग्रुप भेहिकल कम्पनी लिमिटेड (जेएमईभी)ले निर्माण गरेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro