site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौंलाई पोखराले दियो १३९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको पोखराले आठ विकेटको क्षतिमा १३८ रन जोडेको हो ।

पोखराका रेमोन रेफरले सर्वाधिक ४१ रन बनाए । उनले ३० बलमा एक चौका र तीन छक्का प्रहार गरे । ओपनर दीनेश खरेलले ३८ रन बनाए । दिनेशले २५ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।

दिलीपनाथले २४ बलमा दुई छक्कासहित २७ रन बनाए । यसबाहेक, पोखराका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

पोखराका अर्का ओपनर आन्द्रियस गौस ‘डक’ भए । कप्तान कुशल भुर्तेलले सात रन थप्दा विपिन खत्रीले चार रन बनाए । माइकल लियस्कले स्कोरबोर्डमा एक रनमात्र थपे । यस्तै, नारायण जोशी भने ‘गोल्डेन डक’ भए । 

पोखराविरुद्ध काठमाडौंका कप्तान करण केसी र राशिद खानले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका करणले २४ रनमात्र खर्चिए । यस्तै, गेरहार्ड इरास्मस र माइकल लेभिटको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगिताको प्लेअफ सम्भावना कायम राख्न दुवै आज जितको दबाबमा छन् । पाँच खेलबाट समान चार अंक जोडेका काठमाडौं र पोखरा क्रमशः तालिकाको छैटौँ र सातौँ स्थानमा छन् ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro